क्रिस्टियानो रोनाल्डोका छोराको अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’
सारांश
- क्रिस्टियानो रोनाल्डोका छोरा, क्रिस्टियानो रोनाल्डो जुनियरले पोर्चुगलको यू-१५ टोलीबाट डेब्यु गरे।
- उनले क्रोएसियामा जापानविरुद्धको खेलमा ५४ औं मिनेटमा मैदान प्रवेश गरे।
- खेलमा पोर्चुगलले जापानलाई ४-१ गोलले हरायो, जसले उनको डेब्युलाई सुखद बनायो।
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक क्रिस्टियोनाले रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले पोर्चुगलको यू–१५ राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका छन् । १४ वर्षीय क्रिस्टियानो रोनाल्डो जुनियरले क्रोएसियामा जारी भ्लाट्को मार्मोभिक अन्तर्राष्ट्रिय प्रतियोगितामा जापानविरुद्ध खेल्दै पोर्चुगलको राष्ट्रिय यू–१५ टोलीबाट ‘डेब्यू’ गरेका हुन् ।
मंगलबार राति खेलिएको उक्त खेलमा पोर्चुगलको यू–१५ टोलीले जापानको यू–१५ टोलीलाई ४–१ गोलले हराएको थियो । त्यसैले क्रिस्टियानो रोनाल्डो जुनियरको अन्तर्राष्ट्रिय ‘डेब्यू’ पनि सुखद रह्यो । उक्त खेलको ५४ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डो जुनियर मैदानभित्र प्रवेश गरेका थिए ।
करिब एक साताअघि क्रिस्टियानो रोनाल्डो जुनियरलाई पोर्चुगलको यू–१५ टोलीमा समावेश गरिएको थियो । ‘पोर्चुगलको यू–१५ टोलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेको बधाई छ छेरा । हामी निकै गौरवान्वित छौँ,’ क्रिस्टियानो रोनाल्डोले आफ्नो जेठो छोरालार्य बधाई दिँदै भनेका छन् । प्रतियोगितामा पोर्चुगलको यू–१५ टोलीले आफ्नो दोस्रो खेल ग्रिसको यू–१५ टोलीसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण