सङ्घीयताप्रतिको बुझाइ नै बेठिक भयो : जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सङ्घीयता ल्याउने पार्टीहरू नै सङ्घीयता विरोधी देखिएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित 'सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट' कार्यक्रममा बोल्दै उनले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि सङ्घले विनियोजन गर्ने परिपाटीका कारण प्रदेश र स्थानीय तहप्रति सङ्घ सरकारले विश्वास नगरेको प्रस्ट हुने बताए ।
केन्द्रीकृत मानसिकता नत्यागेकोले सङ्घीयताको विरोधी संविधान बनाउने पार्टीहरू नै रहेको पुष्टि भएको उनले जिकिर गरे । सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू सत्तामा पुग्दा सङ्घीयता कार्यान्वयन नहुने गरेको बताउँदै उनले कानुन नबन्दा प्रदेश सरकारले अधिकार नपाएको उल्लेख गरे ।
बनेका कानुनको अधिकार प्रदेशलाई हस्तान्तरण नहुने, बनेको कानुन कार्यान्वयन नहुने, बजेट फिर्ता ल्याइने जस्ता कामहरू सङ्घ सरकारबाट भएको बताउँदै उनले सङ्घीयता प्रतिको बुझाइ नै बेठिक भएको जिकिर गरे ।
उनले सङ्घीयता कार्यान्वयनको लागि सङ्घीयताका पक्षधरहरूले दबाब दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण