बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय
अदालत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा

बुधबार, ३१ वैशाख २०८२, ११ : ३५
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ हुँदैछ।
  • श्रीमती निकिता पौडेलले दायर गरेको रिट विभिन्न मितिमा पेसी चढे पनि हेर्न नमिल्ने भएको थियो।
  • अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो।
  • रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिनेहरूविरुद्ध रिट दायर गरेका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ । वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले दायर गरेको रिट वैशाख ८, वैशाख २८ र वैशाख ३० गते पेसी चढेकोमा हेर्न नमिल्ने भएको थियो ।

वैशाख ९ गते अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेका अन्य दुई रिटमाथि पनि आज सोही इजलासमा सुनुवाइ हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप