हिउँ छल्न गाउँलेले गाउँ छाडे, तर हिउँ परेन
फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तेस्रो साता गाउँ छोडेर काठमाडौँतिर लागे । शेर्पा बसाइँसराइ भई गएको चाहिँ होइन । उनी हिउँ छल्न काठमाडौँ गएका हुन् ।
शेर्पा यस वर्षमात्र हिउँ छल्न काठमाडौँ पुगेका होइनन् , हिउँ पर्ने समयमा गाउँ छोडेर कहिले सदरमुकाम फुङ्लिङ बजार त कहिले काठमाडौँ पुग्ने गर्छन् । हिमपात हुँ धेरै जाडो हुने भएकाले जोडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौँ पुगे । पेमा र उटुकजस्तै गाउँका अधिकांश हिउँ छल्न अन्यत्र गएपछि यहाँ बस्ती सुनसान जस्तै बनेको छ ।
मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला बस्ती अहिले रित्तो भएको छ । गत मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा हिमपात छल्न सहर बजारतिर झरेपछि अहिले बस्ती खाली भएको हो । विगत वर्षहरुमा मङ्सिरको तेस्रो सातादेखि नै यस तोक्पेगोलामा बस्तीमा हिमपात सुरु हुन्थ्यो । वडाध्यक्ष ग्यान्जे लामा शेर्पाका अनुसार हिमपात हुँदा अत्यधिक चिसो हुने हुँदा हिउँ छल्नका लागि हिउँदभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण