भारतमा कर्जाको ब्याजदर बढ्ने
काठमाडौं । भारतमा कर्जाको ब्याजदर बढ्ने भएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई० ले बुधवार रिपोदर वृद्धि गरेपछि बैंकहरूमा कर्जाका ब्याजदर महँगो हुने भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । आरबीआईले बुधवार मौद्रिक नीतिको समीक्षा गर्दै रिपोदर शून्य दशमलव २५ बिन्दुले बढाएको हो । यो १० महीनायता केन्द्रीय बैंकले गरेको रिपोदरको छैटौं वृद्धि हो ।
बैंकको मौद्रिक नीति समितिको सोमवारदेखि बुधवारसम्म चलेको बैठकले आर्थिक वर्ष २०२२/२३ को अन्तिम नीतिगत समीक्षामा रिपोदर बढाएको हो । समितिका ६ सदस्यमध्ये ४ जनाले रिपोदर बढाउने पक्षमा भोटिङ गरेका थिए ।
पछिल्लो वृद्धिसँगै रिपोदर ६ दशमलव ५ प्रतिशत पुगेको छ । आरबीआईले यसअघि अघिल्लो महीना शून्य दशमलव ३५ प्रतिशतले रिपोदर बढाएको थियो । २०२२ को मेमा रिपोदर ४ प्रतिशत थियो । गएको १० महीनामा रिपोदर साढे २ प्रतिशतले बढेर साढे ६ प्रतिशत भएको छ । पछिल्लो ३ ओटा बैठकमा रिपोदर क्रमशस् ३०, ५० र ३५ प्रतिशतले बढेको छ ।
रिजर्भ बैंकले महँगी र बजारमा नगद प्रवाह कम गर्न रिपोदर बढाएको बताएको छ । रिपोदर भनेको रिजर्भ बैंकले अन्य वाणिज्य बैंकलाई ऋण दिने दर हो । त्यसले रिपोदर बढेसँगै सबै बैंकमा कर्जाको ब्याजदर बढ्छ । यसैगरी आरबीआईले मार्जिनल स्ट्यान्डिङ फेसिलिटी (एमएसएफ) पनि ६ दशमलव ५ प्रतिशतबाट बढाएर ६ दशमलव ७५ प्रतिशत पुर्याएको छ ।
यस्तै केन्द्रीय बैंकले आर्थिक वर्ष २०२२/२३ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० ७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण