शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टर्की भूकम्प प्रभावितहरूको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई एमालेको आग्रह

बिहीबार, २६ माघ २०७९, १९ : ४२
बिहीबार, २६ माघ २०७९

काठमाडौं । नेकपा एमालेले टर्कीका भूकम्प प्रभावितहरूको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । 

बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गदै सोमबार बिहान टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र बुधबार दिउँसोसम्म गएका ३१२ भन्दा बढी पराकम्पनबाट दुई देशमा १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

उक्त प्राकृतिक विपदबाट भएको धनजनको क्षतिप्रति एमाले गहिरो दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । 

'यसै सन्दर्भमा नेपाल सरकारले विनासकारी भूकम्पबाट प्रभावित देश टर्कीमा मेडिकल रेस्पोन्स टिमसहित न्यानो लत्ताकपडा र अत्यावश्यक राहत सामग्री पठाउने स्वागतयोग्य निर्णय गरेको छ । राहत तथा उद्धारमा समयानुकूल शीघ्र प्रतिकार्यको निकै महत्त्व हुने भएकाले उक्त निर्णय यथाशीघ्र कार्यान्वयनका लागि नेकपा एमाले हार्दिक अपिल गर्दछ', एमालेले भनेको छ, 'यस महाविपत्तिबाट प्रभावित टर्की र सिरियाका आम नागरिकलाई तत्कालका लागि विपद् प्रतिकार्य, खोज–उद्धार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न र आवश्यकताअनुसार राहत र पुनःस्थापनामा सहयोग गर्न सम्बद्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौं ।'

uml

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप