अर्घाखाँचीमा भालुको आक्रमणबाट २ जना घाइते
शुक्रबार, २७ माघ २०७९, १६ : ३३
बुटवल ।अर्घाखाँचीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घाइते हुनेमा सितगंगा नगरपालिका ७ का ५९ वर्षीय चोपबहादुर गाहा र ५० वर्षीय लालबहादुर राना छन् ।
खेतमा बस्तुभाउ चराउँदै गर्दा गाहा र रानालाई शुक्रबार दिउँसो भालुले आक्रमण गरेको थियो । घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइँदै गरिएको छ । आक्रमण पछि स्थानीयले होहल्ला गर्दा भालु भागे पनि भालुकोएउटा बच्चालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण