शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि र पर्यटनबाट सुदूरपश्चिमका जनताको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री शाह

आइतबार, २९ माघ २०७९, १८ : ०८
आइतबार, २९ माघ २०७९

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरका जनताको जीवनस्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा जोड दिने बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ठूला पूर्वाधार निर्माणका लागि आर्थिक समस्या हुने भएकोले सुदूरपश्चिममा रहेका सम्भावनाहरुको खोजी गरेर जनताको जीवनस्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा बढी जोड दिने बताए ।

उनले सुदूरपश्चिममा कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहकोले तीनको संरक्षण र प्रवर्द्धन प्रदेश सरकारले गर्ने बताए । 

यस्तै मुख्यमन्त्री शाहले खुला सीमाका कारण सुदूरपश्चिम लागु औषधको उच्च जोखिम रहको बताए । लागु औषधले किशोर–किशोरीमा नराम्रो प्रभाव पारेको भन्दै निर्मूल पार्नतर्फ प्रदेश सरकार सजग रहेको बताए ।

कांग्रेस बहुदलवाद मान्य पार्टी भएकोले सबै जाती धर्म पेशा समुदायको संरक्षण गर्ने उनको भनाइ थियो । कसैलाई पनि जात र धर्मका आधारमा विभेद गर्नु नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप