टी-२० क्रिकेट
अविनाशले दिलाए नेपाललाई चौथो सफलता
शनिबार, १५ वैशाख २०८१, १३ : ३३

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चौथो सफलता हासिल गरेको छ । किसी कार्टी ३८ रन बनाएर रन आउट भएका हुन् । अविनाश बोहराको बलमा आउट हुनअघि उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
वेस्ट इन्डिजले १४.२ ओभरमा १ सय ४६ रन बनाएको छ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।