बैतडीका तरकारी पकेट क्षेत्रमा शीतभण्डार
बैतडी । तरकारीको पकेट क्षेत्रका रूपमा परिचित बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ ।
कुल रु तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु भएको हो ।
पाटन नयाँ सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर रोहितराज भण्डारीका अनुसार कैलपाल कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ ।
जिल्लाको पाटन नगरपालिकाका वडा नं ८, ९ र १० लाई तरकारीको पकेट क्षेत्रको रूपमा समेत लिइएको छ । खोड्पेमा बन्न लागेको शीतभण्डारले यो क्षेत्रका किसानलाई फाइदा पुग्ने पाटन नगरपालिका(८ का वडा अध्यक्ष हरिश विष्टले बताए ।
उनले भने, “तरकारीको पकेट क्षेत्रमा शीतभण्डार बनेपछि यो क्षेत्रका किसानलाई निकै फाइदा हुन्छ, शीतभण्डारमा राख्नका लागि तरकारीलगायत अन्य उत्पादन अन्यत्र लैजाने झण्झटको अन्त्य हुन्छ । उत्पादित तरकारी लामो समयसम्म भण्डार गर्न सहज हुन्छ ।”
खोडपे आलु उत्पादनका लागि यो पकेट क्षेत्र हो । यहाँ उत्पादित आलु भण्डारणको व्यवस्था नहुँदा समस्या भइरहेकाले शीतभण्डार निर्माणपछि यो समस्या समाधान हुने किसानको भनाइ छ । शीतभण्डारको अभावमा अहिले यहाँका किसानलाई आलु भण्डारणका लागि डडेलधुरा लैजानुपर्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण