शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीका तरकारी पकेट क्षेत्रमा शीतभण्डार

सोमबार, ०१ फागुन २०७९, १६ : १८
सोमबार, ०१ फागुन २०७९

बैतडी । तरकारीको पकेट क्षेत्रका रूपमा परिचित बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ । 

कुल रु तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु भएको हो ।

पाटन नयाँ सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर रोहितराज भण्डारीका अनुसार कैलपाल कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको  छ । 

जिल्लाको पाटन नगरपालिकाका वडा नं ८, ९ र १० लाई तरकारीको पकेट क्षेत्रको रूपमा समेत लिइएको छ । खोड्पेमा बन्न लागेको शीतभण्डारले यो क्षेत्रका किसानलाई फाइदा पुग्ने पाटन नगरपालिका(८ का वडा अध्यक्ष हरिश विष्टले बताए । 

उनले भने, “तरकारीको पकेट क्षेत्रमा शीतभण्डार बनेपछि यो क्षेत्रका किसानलाई निकै फाइदा हुन्छ, शीतभण्डारमा राख्नका लागि तरकारीलगायत अन्य उत्पादन अन्यत्र लैजाने झण्झटको अन्त्य हुन्छ । उत्पादित तरकारी लामो समयसम्म भण्डार गर्न सहज हुन्छ ।” 

खोडपे आलु उत्पादनका लागि यो पकेट क्षेत्र हो । यहाँ उत्पादित आलु भण्डारणको व्यवस्था नहुँदा समस्या भइरहेकाले शीतभण्डार निर्माणपछि यो समस्या समाधान हुने किसानको भनाइ छ । शीतभण्डारको अभावमा अहिले यहाँका किसानलाई आलु भण्डारणका लागि डडेलधुरा लैजानुपर्ने अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप