‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
सारांश
- आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको बजेटले लगानीकर्ताको मनोबल उकास्न खोजे पनि पूर्ण भने नरहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।
- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जान श्रेष्ठले बजेटले नीतिगत सुधारका लागि सकारात्मक घोषणा गरेको बताए, तर भन्सार दरमा गरिएको परिवर्तनप्रति असन्तुष्टि व्यक्त गरे ।
- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न महत्त्वाकाङ्क्षा र क्षमताबिचको दूरी घटाउनुपर्नेमा जोड दिए ।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको बजेटले लगानीकर्ताको मनोबल उकास्न खोजे पनि पूर्ण भने नरहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।
आज राजधानीमा भएको एक कार्यक्रममा उनीहरुले बजेटमा गरिएका घोषणहरू इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताउँदै अहिले देखिएका कतिपय समस्याहरूलाई सरकारले समाधान गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जान श्रेष्ठले बजेटले नीतिगत सुधारका लागि सकारात्मक घोषणा गरेको बताए । विशेष गरी ३१ वटा निकायको खारेजी, मर्जर र पुनर्संरचना गर्ने कदमले प्रशासनिक छिटोछरितोपना ल्याउने उनले विश्वास व्यक्त गरे ।
१५ वटा कानुनको खारेजी वा परिमार्जन गर्ने सरकारको प्रतिबद्धताले निजी क्षेत्रको मनोबल उच्च बनाउने अध्यक्ष श्रेष्ठको भनाइ थियो । यद्यपि, भन्सार दरमा गरिएको परिवर्तनप्रति उनले असन्तुष्टि व्यक्त गरे ।
उनकाअनुसार भन्सारका दरहरू ११ बाट ७ मा झार्नु र कच्चा पदार्थको अन्तःशुल्क घटाउनु सकारात्मक छ तर धेरैजसो कच्चा पदार्थ सहायक प्रकृतिका मात्र भएकाले उद्योगको उत्पादन लागतमा खासै भिन्नता नआउने गुनासो उद्यमीहरूको छ । यसमा सरकारले सम्बोधन गर्नुपर्ने श्रेष्ठले बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकोमा त्यसलाई हासिल गर्न महत्त्वाकाङ्क्षा र क्षमताबिचको दूरी घटाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष अग्रवालले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामा मूल्य अभिवृद्धि कर लगाउने प्रस्तावलाई पुनरावलोकन गर्न माग गरे अग्रवालकाअनुसार नेपालमा प्रतिव्यक्ति विद्युत् खपत भारत र चीनको तुलनामा अत्यन्तै न्यून छ । हरित ऊर्जा प्रोत्साहन गर्नुपर्ने समयमा कर लगाउँदा यसले उल्टो परिणाम दिन सक्छ।
त्यस्तै, भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य लेबल लगाउनुपर्ने व्यवस्था व्यावहारिक नभएको उनको तर्क थियो । सानो परिमाणमा आयात हुने र धेरै प्रकारका सामान एउटै कन्टेनरमा आउने हुनाले विदेशी निर्यातकर्ताले लेबल लगाउन नमान्ने र भन्सारमा पर्याप्त पूर्वाधार नभएको भन्दै उनले यसले उपभोक्तालाई थप महँगो बनाउने चेतावनी दिए।
अध्यक्ष अग्रवालले बजार मूल्यको स्वतन्त्रता, प्रतिस्पर्धा प्रवर्द्धन र व्यावसायिक सहजीकरणको लागि खुला बजार अर्थतन्त्रको नीतिअनुरूप उपभोक्ता संरक्षण ऐनमा आवश्यक परिमार्जन गर्न सरकारसँग अनुरोध गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण