शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘गाजलु’ मा वर्षा र रोशनको छमछमी

शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको गीत ‘गाजलु’ सार्वजनिक भएको छ । गायक केदारकै शब्द तथा सङ्गीत गीतमा छ ।

गीतको भिडियोमा वर्षा राउत र रोशन केसीको अभिनय छ । एक रोमान्टिक जोडीको सफल प्रेमकथा भिडियोमा देखाउन खोजिएको छ । भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा बन्दे पाण्डेको छायाङ्कन र मनप्रसाद महर्जनको सम्पादन छ । गायक बरुवाका यस अगाडि जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी लगायत गीत बजारमा आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया