सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिमको क्रिकेट टोली घोषणा

आइतबार, १८ जेठ २०८२, ०१ : ४५
आइतबार, १८ जेठ २०८२

बैतडी। एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन् । 

यस्तै वैकल्पिक  खेलाडीमा रुद्रप्रसाद आचार्य, ध्रुव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन् । हालै सम्पन्न प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई टोलीमा समोवश गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टोली सहभागी थिए । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा यही जेठ १९ गतेदेखि सुरु हुँदैछ । 

Indian Premier League (IPL) 2025 Indian Premier League (IPL) 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप