मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

संगीतकार सङ्घको अध्यक्षमा लामा

आइतबार, १८ जेठ २०८२, १२ : १८
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • अष्ट लामा संगीतकार संघको अध्यक्षमा निर्वाचित भएका छन्।
  • नयाँ कार्यसमितिमा शंकर थापा स्माइल, राजेन्द्र बजगाईं, दिनेश वान्तवा राई, दिपक शर्मा र योगेन्द्र उपाध्याय लगायतका व्यक्तिहरू छन्।
  • चेतन सापकोटा अघिल्लो अध्यक्ष थिए भने शम्भूजित बासकोटा संस्थापक अध्यक्ष थिए।

काठमाडौँ । संगीतकार सङ्घको अध्यक्षमा अष्ट लामा चुनिएका छन् । शनिबार आयोजित सङ्घको १३ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट लामाको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन भएको छ । 

जसमा सङ्घको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । 

सङ्घको यसअघि अध्यक्षमा चेतन सापकोटा रहेका थिए । शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको सङ्घमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ समेत यसअघि अध्यक्ष रहिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप