राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ
सारांश
- दैलेख प्रहरीले सुर्खेतमा राउटे युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दैलेखका टोपेन्द्र शाही रहेका छन्, उनलाई कर्णाली राजमार्गबाट पक्राउ गरिएको हो।
- सामाजिक सञ्जालमा राउटे युवतीहरूमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी सुरु गरेको थियो।
सुर्खेत । फिरन्ते राउटे समुदायका युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा दैलेख प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको आठबिस नगरपालिकाका—३, का २८ वर्षीय टोपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक गणेश बरालले रातोपाटीलाई बताए ।
शाहीलाई कर्णाली राजमार्ग अन्तर्गतको टुनिबगर बजारबाट पक्राउ गरिएको उनको भनाइ छ । ‘हामीले सुर्खेत प्रहरीको अनुरोधमा पक्राउ गरेको हो,’ उनले भने, ‘हामीले सुर्खेत पठाइदिएका छौँ, बाटोमै छ ।’
घटना पनि सुर्खेतकै हो । चार जना राउटे युवतीलाई ट्रकमा राखेर दुर्व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको थियो ।
लगत्तै प्रहरीले उनीहरूको खोजी कार्य थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
‘भिडियोमा दुर्व्यवहार नै गरेको देखिन्छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण