मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

आइतबार, १८ जेठ २०८२, १६ : १७
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । 

प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको प्रदर्शनस्थलमा समाचार संकलनका लागि पुगेका रातोपाटीकर्मी कृष्ण खड्काले जनाएका छन् । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् ।

 थापासहितलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । 

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप