मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते

आइतबार, १८ जेठ २०८२, १२ : २२
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • डोटीको केआईसिंह गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते भएका आठ जनाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर छ।
  • दुर्घटना बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा भएको हो।

डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप