भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने

समाचार सारांश
- चलचित्र क्षेत्रका तीन चर्चित अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाललाई 'त्रिदेवी सम्मान' प्रदान गरिने भएको छ।
- साधना म्युजिक रिवार्डको पाँचौँ संस्करणमा ५ दशकदेखि सक्रिय गायिका चन्द्रकला शाहलाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' दिइनेछ।
- रिवार्डमा लोक दोहोरी, आधुनिक पप, र राष्ट्रिय गीत लगायतका विभिन्न विधामा अवार्डहरू प्रदान गरिनेछ, जुन काठमाडौंको चलचित्र विकास बोर्डमा आयोजना हुनेछ।
काठमाडौँ । चलचित्र क्षेत्रमा त्रिदेवीको रूपमा चर्चित अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाल एकसाथ सम्मानित हुने भएका छन् । सोमबार बाँडिन लागिएको ‘साधना म्युजिक रिवार्ड –२०८१’ मा यी तीन कलाकार एकसाथ ‘त्रिदेवी सम्मान’ दिइन लागिएको हो ।
नेपालकै पहिलो रिवार्डको रूपमा स्थापित ‘साधना म्युजिक रिवार्ड –२०८१’ पाँचौँ संस्करण हो । जसमा ५ दशकदेखि अनवरत रूपमा सक्रिय गायिका एवं गीतकार गायिका तथा गीतकार चन्द्रकला शाहलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान समेत गरिने भएको छ ।
नेपाली गीत सङ्गीतका विभिन्न विधा समेटेर आयोजना गरिँदै आएको रिवार्डमा यस वर्षको रिवार्डमा लोक दोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, सङ्गीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिँदैछ ।
रिवार्ड काठमाडौँको चलचित्र विकास बोर्डमा आयोजना गरिने आयोजक सामना शाहले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको माछा बेचेर जीविका चलाउँदै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु