बढ्यो पेट्रोलियम पदार्थको मूल्य
शनिबार, १७ जेठ २०८२, २० : २१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँले बढेर आएको जनाएको हो । त्यस्तै हवाई इन्धन भने २ रुपैयाँ ५७ पैसाले घटेर आएको निगमले जनाएको छ ।
एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने जनाएको छ ।