ओखलढुंगामा अख्तियारको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान

समाचार सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओखलढुङ्गामा सरकारी अधिकारी, सञ्चारकर्मी र स्थानीय तहका प्रतिनिधिहरूसँग भ्रष्टाचार निवारणबारे छलफल गरेकाे छ ।
- आयोगका अनुसार ओखलढुङ्गाबाट २११ वटा भ्रष्टाचारका उजुरी परेका छन्, जसमा संघीय, प्रदेश र स्थानीय तहका उजुरीहरू समावेश छन्।
- अख्तियारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन अभियान अन्तर्गत जिल्लामा स्थलगत अनुगमन गरी उजुरीको अवस्थाबारे जानकारी लिएको छ।
ओखलढुङ्गा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्लामा सरकारी अधिकारी, सञ्चारकर्मी, स्थानीय तहका प्रतिनिधि र सरोकारवाला तथा स्थानीयवासीसँग भ्रष्टाचार निवारणका विषयमा साक्षात्कार गरेको छ ।
आयोगको बर्दिबास कार्यालयका उपसचिव तुलसीराम पराजुलीले देश, प्रदेश तथा जिल्लामा भ्रष्टाचार र उजुरीको अवस्था, भ्रष्टाचार हुने कारण, उजुरी, मुद्दा प्रक्रिया, भ्रष्टाचार न्यूनीकरणका उपाय र भ्रष्टाचार गरेमा हुने कठोर सजायका विषयमा जिल्ला–जिल्लामा पुगेर अन्तरक्रिया गर्ने गरिएको बताए ।
आयोगको नियमित कार्यक्रमअनुसार जिल्लामा पुग्दा स्थलगत रूपमा त्यस जिल्लामा भए/गरेका आर्थिक र नीतिगत भ्रष्टाचारका विषयमा जानकारी लिने र आयोगका काम कारबाहीका विषयमा समेत सुझाव लिने गरिएको उनको भनाइ छ । कार्यालय प्रमुख रामबहादुर कुरुवाङले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व आयोगको मात्र नभई सबैको रहेको बताउँदै कानुनले दिएको अधिकार, कर्तव्य, कार्यविवरण बमोजिम सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
अख्तियारको टोलीलाई ओखलढुङ्गाका जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालसहितका स्थानीय तहका प्रमुखहरूले सुशासनका सवालमा आफूहरू प्रतिवद्ध भएर आ–आफ्नो क्षेत्रबाट लागिरहेको प्रतिबद्धता व्यक्त गरेका थिए । आयोगमा उजुरी परेका मुद्दा निष्पक्ष छानबिन नहुँदा जिल्लामा अनियमितताका घटना बढेकोतर्फ सचेत हुन यहाँका सरोकारवालाले सुझाव दिएका छन् ।
यसैबीच अयोगमा ओखलढुङ्गाबाट दुई सय ११ वटा भ्रष्टाचारका उजुरी परेका छन् । ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियानका क्रममा ओखलढुङ्गा आएको अख्तियारको टोलीले हाल यस जिल्लाका दुई सय ११ वटा उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
आयोगको केन्द्रीय कार्यालयका प्रवक्ता एवं सहसचिव राजेन्द्रकुमार पौडेलका अनुसार चालु आर्थिक वर्षमा केन्द्रमा ओखलढुङ्गाबाट सङ्घीय कार्यालयतर्फ १३, प्रदेशअन्तर्गतका १२ र स्थानीय तहका ९९ उजुरी गरी एक सय २४ वटा उजुरी परेको छ । जसमा सङ्घका छ, प्रदेशका पाँच र स्थानीय तहका ६९ उजुरी गरी ८० वटा फछ्र्यौट भएका छन् ।
यस्तै आयोगको बर्दिवास कार्यालयका उपसचिव पौडेलका अनुसार बर्दिबास कार्यालयमा ओखलढुङ्गाबाट जम्मा ८७ वटा उजुरी परेका छन् । जस्मा ५० वटा फछ्र्यौट भएको र ३७ वटा कारबाहीको चरणमा छन् । स्थानीय तहगत रूपमा चम्पादेवी गाउँपालिकाबाट सबैभन्दा बढी १७ वटा र लिखु तथा सुनकोशी गाउँपालिकाबाट सबैभन्दा कम पाँच–पाँचवटा उजुरी परेका छन् ।
आयोगको तथ्याङ्कानुसार सबैभन्दा बढी चम्पादेवी गाउँपालिकाबाट १७ वटा उजुरी परेकामा १४ फछ्र्यौट हुँदा तीनवटा बाँकी छन् । चिशङ्खुगढी गाउँपालिकाबाट १४ वटा उजुरी परेकामा सात फछ्र्यौट सातवटा बाँकी छन् । मानेभन्ज्याङबाट ११ वटा उजुरी परेकामा नौ फछ्र्यौट दुईवटा बाँकी छन् ।
सिद्धिचरण नगरपालिकाबाट १० उजुरी परेकामा तीन फछ्र्यौट सातवटा बाँकी, मोलुङबाट नौ उजुरीमा छवटा फछ्र्यौट तीनवटा बाँकी छन् । लिखु गाउँपालिकाबाट पाँच उजुरी परेकामा तीन फछ्र्यौट दुईवटा फछ्र्यौट हुन बाँकी छन् भने सुनकोशी गाउँपालिकामा पनि पाँचवटा उजुरी परेकामा दुईवटा फछ्र्यौट हुँदा तीन बाँकी रहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड