मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
नुवाकोटको घटना सम्झँदै प्रचण्डले भने–

'छाडा भएर राजावादीहरूले माओवादीमाथि आक्रमणको कोसिस गरे'

आइतबार, १८ जेठ २०८२, १६ : ४९
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • प्रचण्डले राजावादीहरूले पैसाको बलमा मानिसहरूलाई उफारेको आरोप लगाए।
  • प्रचण्डले वाईसीएललाई राजावादीहरूले आक्रमण गरे प्रतिकार गर्न निर्देशन दिए।
  • प्रचण्डले नुवाकोटमा राजावादीले गरेको व्यवहारको स्मरण गरे, जहाँ हातपात भएको थियो।

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले छाडा भएर माओवादीमाथि आक्रमण गर्ने कोसिस गरेको बताएका छन् । 

आइतबार वाईसीएलको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूले  कताकताबाट पैसा ल्याएर भाडाका मान्छे ल्याएर जाँड खुवाएर उफार्ने गरेको आरोप लगाए । 

‘अहिले राजावादीहरूले बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान्’, प्रचण्डले भने, ‘त्यही पैसाका बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने र उफार्ने गरेको देखिराखिएको छ ।’

प्रचण्डले उनीहरूको सभा र कार्यक्रममा जाइलाग्ने नभई उनीहरू आइलागे नछोड्न वाईसीएललाई निर्देशन दिए । 

‘हामी उनीहरूको सभा र आन्दोलनमा जाइलाग्ने चाहिँ होइन, आक्रमण गर्ने भन्न मैले खोजेको होइन’, प्रचण्डले भने, ‘तर उनीहरू छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन् । यदि उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले तयारी गर्नुस् । गर्नैपर्छ ।’

त्यसक्रममा प्रचण्डले नुवाकोटमा शनिबार भएको एक कार्यक्रममा एउटा राजावादी त्यस्तै छाडा व्यवहार देखाएको स्मरण गरे । 

‘म हिजोको नुवाकोटको घटना मात्र सुनाउँछु । म बोल्दै थिएँ । एउटा राजावादी अराजक रहेछ । म प्रश्न गर्छु गर्छु भन्दै आक्रोशित भयो’, उनले भने ‘मैले राजावादीको वैचारिक र राजनीतिक आलोचना गर्दै थिएँ उसलाई सही सक्नुभएनछ ।’

नुवाकोटमा भएको कार्यक्रममा जनार्दन अधिकारी नामका राप्रपाका स्थानीय नेताले प्रचण्डले सम्बोधन गर्दागर्दै बिचमै प्रश्न गरेका थिए । सो क्रममा अधिकारीमाथि हातपात भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप