एमालेले मधेश प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने

महोत्तरी । नेकपा एमालेले मधेश प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने भएको छ । एमाले मधेश प्रदेश समितिको आयोजना र केन्द्रिय पार्टी स्कूल विभागको सहयोगमा बर्दिवासमा आयोजना गरिएको २ दिने प्रदेश स्कूल सञ्चालन सम्बन्धि कार्यशालामा यस्तो घोषणा गरिएको हो ।
नेकपा एमालेका उपमहासचिव तथा केन्द्रिय स्कूल विभाग प्रमुख प्रदिप ज्ञावालीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यशाला जेठ १६ र १७ गते दुइदिन सम्म सञ्चालन हुने छ ।
पार्टिले उच्च तह, माध्यमिक तह र आधारभुत तहगरि तीन खालका स्कूल सञ्चालनको अवधारणा ल्याएको छ । सोही अनुसार आधारभूततहको प्रशिक्षणका लागि कार्यशालाको आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटिका सचिव मनोज पौडेलले जानकारी दिए ।
सो अनुसार मार्क्सवादी दर्शन, समाजवादी अर्थ व्यवस्था, समाजवादको आधार, समाजवाद, राज्य र कम्युनिष्ट पार्टीका बारेमा मधेश प्रदेशमा रहेका ६० हजार पार्टी सदस्यलाइ प्रशिक्षण दिइने पौडेलले बताए ।
कार्यशाला गोष्ठीमा बोल्दै उपमहासचिव ज्ञावालीले सरकारले गरेका राम्रा कामको बारेमा जनतालाई जानकारी गराउन नसकिएको बताए ।
उनले लोकतान्त्र आएपछी मुलुक समृद्धिको दिशा तर्फ अघिबडेको उल्लेख गर्दै राजा ल्याउछु भन्ने कुरा दिउसै देख्ने सपना भएको उल्लेख गर्दै लोकतन्त्रको विकल्प राजतन्त्र नहुने स्पष्ट पारे ।
त्यसैगरि कार्यक्रमा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, केन्द्रिय स्कूल विभाग सचिव घनश्याम कोइराला, सदस्य रामशरण प्याकुरेल, शंकर महतो लगायतकाले आ–आफ्ना बिचार प्रस्तुत गरेका थिए ।
मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा प्रदेश सचिव मनोज पौडेलको सहजीकरण र स्वागत उपाध्यक्ष बिचारी यादवले गरे ।
सो कार्यशाला गोष्ठीमा प्रदेश इचार्ज, प्रदेश पदाधिकारी, प्रदेश स्कूल विभागका सदस्य, जिल्ला इन्चार्ज अध्यक्ष स्कूल विभाग प्रमुख, जनसङगठनका प्रदेश अध्यक्ष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता
-
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
-
यूईएफए च्याम्पियन्स लिगः ‘हाफ टाइम’ सम्म पीएसजीको अग्रता कायमै
-
यूईएफए च्याम्पियन्स लिगः पीएसजीको अग्रता