स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति

समाचार सारांश
- Gondaki Province to upgrade 13 hospitals, increasing beds from 220 to 650 and staff from 325 to 827.
- The government has approved the economic procedure for the hospital management committee, and the annual income of the hospitals is projected to triple.
- The upgrades aim to improve healthcare services for 2.75 million people, including residents, tourists, and workers, as the hospitals expand their services.
पोखरा । गण्डकी प्रदेशका १३ अस्पतालको स्तरोन्नति गरिने भएको छ । मन्त्रिपरिषद्को २०८२ जेठ १२ गते बसेको बैठकले थप ९ वटा अस्पतालहरूको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
यसअघि २ वटा आयुर्वेद अस्पतालसहित ४ अस्पतालहरूको स्तरोन्नति गरिएको थियो । पछिल्लो समय थप हुँदा गण्डकी प्रदेशमा अब १३ अस्पतालको स्तरोन्नति हुने भएको हो ।
सरकारले १३ वटै अस्पतालहरूको कर्मचारी संरचना र शय्या संख्यासमेत निर्धारण गरेको छ । हाल रहेको २ सय २० शय्या स्तरोन्नतिपछि ६ सय ५० पुग्नेछ । कर्मचारी पनि ३ सय २५ बाट बढेर ८ सय २७ पुगेको छ । यी अस्पतालमा हाल करारमा कार्यरत कर्मचारीहरूको तलब सुविधा आन्तरिक स्रोतबाट भइरहेकोमा स्तरोन्नतिपछि सरकारले नै सबै व्यहोर्ने छ ।
हाल ५० शय्या रहेको धौलागिरि अस्पताल र हाल १५ शय्या रहेको मध्यविन्दु अस्पताल अब १ सय शय्यामा विस्तार हुनेछन् । दुवै अस्पतालको कर्मचारी दरबन्दी ९९ पुगेको छ ।
२५ शय्यामा रहेका सरुवा रोग अस्पताल कास्की र मातृशिशु अस्पताल ५० शय्यामा स्तरोन्नति हुनेछन् । यसअघि १५ शय्याका दमौली अस्पताल, स्याङ्जा अस्पताल, पर्वत अस्पताल, आँपपिपल अस्पताल र बुर्तिवाङ अस्पताल ५० शय्यामा विस्तार हुनेछ भने मनाङ, र मुस्ताङ अस्पताल २५ शय्या हुनेछ । धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताल २५ शय्यामा स्तरोन्नति हुने स्वास्थ्य मन्त्री कृष्ण पाठकले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अहिले गण्डकी प्रदेश मातहत रहेका अस्पतालहरूको वार्षिक आम्दानी करिब ६७ करोड रहेको छ । स्तरोन्नतिपछि उक्त आम्दानी बढेर तेब्बर पुग्ने प्रक्षेपण गरिएको छ ।
सरकारले अस्पताल व्यवस्थापन समितिको आर्थिक कार्यविधि समेत स्वीकृत गरेको छ । स्वीकृत कार्यविधि अनुसार अस्पताल व्यवस्थापन समितिहरूले अस्पतालहरूमा हुने आम्दानीलाई आफूखुसी खर्च गर्न पाउने छैनन् । सबैले आफ्नो वार्षिक कार्यक्रम निर्माण गर्नुपर्ने छ ।
कार्यविधिमा अस्पताल सुदृढीकरण कोषको समेत व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालय मातहत रहने उक्त कोषमा हरेक अस्पतालहरूले आफ्नो आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नुपर्ने छ । जम्मा भएको रकम प्रदेश अस्पताल तथा स्थानीय तह मातहत रहेका स्वास्थ्य संस्थाहरूको सुदृढीकरणमा मात्र खर्च गर्न सकिने व्यवस्था गरिएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अहिले गण्डकी प्रदेश मातहत रहेका अस्पतालहरूको वार्षिक आम्दानी करिब ६७ करोड रहेको छ । स्तरोन्नतिपछि उक्त आम्दानी बढेर तेब्बर पुग्ने प्रक्षेपण गरिएको छ ।
‘स्वास्थ्य संस्थाको स्तरोन्नति निकै चुनौतीपूर्ण थियो । हामीले रिस्क लिएका हौँ,’ मन्त्री पाठक भन्छन्, ‘२०४८ देखि कुनै पनि अस्पताल स्तरोन्नति भएको रहेनछ । हामीले स्तरोन्नति गर्यौँ ।’ अस्पताल सही हिसाबले चले आम्दानी समेत गर्न सकिने उनले बताए ।
‘शय्या बढाए पनि खर्च सरकारले खोज्नुपर्दैन । अस्पतालकै कमाइले पुग्छ,’ उनी भन्छन्, ‘तेब्बर बढी आम्दानी हुने प्रक्षेपण सरकारको छ ।’ लामो समयदेखि अस्पतालहरूको स्तरोन्नति हुन नसक्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान नभएको गुनासो बढिरहेको थियो ।
सरकारले सबै अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण पनि गरेको छ । अस्पतालहरूको स्तरोन्नतिपछि साढे २७ लाख सेवाग्राहीले सेवा पाउने दाबी गरिएको छ । यहीँको जनसंख्या सहित पर्यटक र बाहिरबाट आएका कामदारले समेत यसको सेवा पाउने वताइएको छ । आयुर्वेदबाहेकका अस्पतालमा दैनिक ३ हजार ७ सय ५० सेवाग्राहीले हाल सेवा लिइरहेका तथ्यांक छ ।
गत वर्षको तथ्यांक हेर्दा गण्डकीमा प्रतिदिन औसत अल्ट्रासाउण्ड गर्ने बिरामी ९ सय २७ जना छन् भने एक्स-रे गर्नेहरू १ हजार ४ सय ३७ जना छन् । प्रयोगशाला परीक्षण २६ हजार ९ सय ७८ जनाको हुन्छ । नयाँ सेवाग्राही २९ लाख ५६ हजार ५ सय ५० जना नयाँ सेवाग्राही अस्पताल पुगेका थिए । ५ हजार २ सय ५८ जनाको शल्यक्रिया गरिएको थियो ।
यी अस्पतालमा १८ हजार ६ सय ३५ जना गर्भवती सुत्केरी भएका छन् । २० लाख १२ हजार ७९४ जना नयाँ ओपिडी बिरामी थपिएका छन् भने १ लाख २६ हजार ५५७ जना भर्ना भएका बिरामी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जान्नुहोस् हज सम्बन्धी पाँच विशेष कुराहरू
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल