पोखराबाट काठमाडौँ आउने ९ सय यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङ
सारांश
- गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द भएपछि पोखरामा अलपत्र परेका करिब ९ सय यात्रुलाई सशस्त्र प्रहरीले काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ।
- यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङको व्यवस्था गरेको छ ।
- यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारको 'राइड सेयरिङ' नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेका हुन्।
काठमाडौँ । गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्दका कारण पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब ९ सय जना यात्रुहरूलाई सशस्त्र प्रहरीको स्कर्टिङमा काठमाडौं ल्याउने व्यवस्था गरिएको छ।
सार्वजनिक यातायात बचाउ संघर्ष समितिले जेठ १६ गतेदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गरेपछि यात्रुहरु पोखरामा अलपत्र परेका थिए।
उनीहरूलाई गन्तव्यसम्म सुरक्षित पुर्याउनका लागि शनिबार साँझ ६ बजे १९ वटा बसमा स्कर्टिङसहित काठमाडौं पठाउने निर्णय गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्की जिल्लाको कोत्रेसम्म स्कर्टिङ गरेको छ । त्यहाँबाट तनहुँस्थित सशस्त्र प्रहरी बल नं। २३ मनकामना गणले स्थानीय प्रहरीको सहयोगमा यात्रुहरूलाई मुग्लिनसम्म स्कर्टिङ गर्ने बताइएको छ।
गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म सुरक्षा व्यवस्था सुनिश्चित गरी यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने योजना बनाइएको उनको भनाइ छ । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीले प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण