लुम्बिनीको समग्र विकासका लागि प्रचार प्रसारमा जोड दिनुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले पर्यटकीय सामग्री सम्प्रेषण गर्दै प्रचारप्रसारमा जोड दिनुपर्ने धारणा राखेका छन् ।
लुम्बिनीमा आजदेखि आयोजित टेलिभिजनको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको प्रचारप्रसारमा सञ्चार क्षेत्रले सक्रियता देखाउनुपर्नेमा जोड दिए । उहाँले लुम्बिनीको महत्त्व अन्तरराष्ट्रियस्तरमा फैलाउन सञ्चारमाध्यमले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै पर्यटन प्रवर्द्धनका लागि सामग्री सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘लुम्बिनी देवभूमि, ज्ञानभूमि र तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन सञ्चारमाध्यमको सहयोग जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने, ‘यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गराउन सकिन्छ । यस क्षेत्रको विश्वस्तरमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन सञ्चार क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सहकार्य र समन्वय गरी अघि बढ्नुपर्छ ।’ मुलुक बनाउन सबै नागरिकले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने धारणा राखे ।
‘लुम्बिनीको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले निर्वाह गरेको उल्लेखनीय भूमिकाको प्रशंसा गर्दछु’, उनले भने, ‘समाजमा सकारात्मक सोचको विकास गर्न सञ्चारमाध्यम नीति, नियमको पालना गर्दै प्रभावकारी भूमिका खेल्नुपर्छ ।’
सञ्चारमाध्यमको सहयोगबिना लुम्बिनीको प्रचारप्रसार विश्वव्यापी बन्न नसक्ने बताउँदै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रका खबर जनजनसम्म पुर्याउन सञ्चारमाध्यमले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । प्रदेशबाट टेलिभिजन र रेडियोको नवीकरण प्रक्रिया अघि बढाउन सङ्घीय सरकारसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
‘समृद्धिका लागि सञ्चार’ भन्ने नारासहित आयोजना गरिएको टेलिभिजनको प्रथम राष्ट्रिय कार्यशालामा राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनीका अध्यक्ष नरेश केसीले प्रदेशको विकास र समृद्धि, सञ्चार क्षेत्रको भूमिका र विकासलगायत विषयमा छलफल हुने जानकारी दिए । उनका अनुसार दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा लुम्बिनी घोषणापत्र जारी हुनेछ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरू, सङ्घीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकलगायत सञ्चारकर्मीको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण