‘प्रचण्ड’ मनाउन ओलीलाई धौधौ
काठमाडौं । सत्ता साझेदारको प्रमुख शक्ति नेकपा एमालेले बालकोट बोलाएर प्रधानमन्त्री बनाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन निकै सकस देखिएको छ । राष्ट्रपति निर्वाचनका लागि साँझ सहमतिको एजेन्डा लिएका प्रधानमन्त्री प्रचण्डलाई मनाएर राष्ट्रपति हात पार्न एमाले अध्यक्ष केपी ओलीलाई सकस परेको हो ।
बिहीबार अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई बीसौंपटक भेट गरे । उनले सरकार गठन (पुस १०)यता सरकार सञ्चालन र राष्ट्रपतिको निर्वाचनका विषयमा प्रचण्डलाई २० पटक भेट गरिसकेको एमाले ओली निकट स्रोतले पुष्टि गरेको छ ।
राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच पछिल्लोपटक बिहीबार बालुवाटारमा करिब २ घण्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरि तिमल्सिनाले जानकारी दिए ।
उनले भने–‘पछिल्लोपटक दुई नेताहरूबीच लामो संवाद भएको छ । करिब दुई घण्टा भएको भेटमा फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर कुराकानी भएको छ ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धनका दुई शीर्ष नेताहरूबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । यद्यपि, उहाँहरूबीच राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित भए पनि ठोस निर्णयमा भने पुग्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण