कृषक अघिअघि, अनुसन्धान पछिपछि
काठमाडौं । एभोकाडोको व्यावसायिक खेती सुरु भएको करिब एक दशक बितेको छ । २०२८ सालमा ‘कृषि अनुसन्धान केन्द्र, पाख्रिबास’ स्थापना गर्न अध्ययनका लागि आएको बेलायती टोलीले लिएर आएको एभोकाडो धनकुटा हुँदै नेपालका अन्य जिल्लामा पनि भित्रिएको हो ।
लामो समयसम्म यसको व्यावसायिक खेती हुन सकेन । धनकुटालगायत केही पहाडी जिल्लामा एक दशकयता भने यसको व्यावसायिक खेती हुँदै आएको छ । खेती बढ्दै जाँदा विभिन्न रोग, कीराको समेत समस्या देखिन थालेको छ । तर यस विषयमा सरकारी निकायबाट कुनै अध्ययन र अनुसन्धान भएको पाइँदैन ।
सरकारको आधिकारिक निकायले अनुसन्धान गरेर उपयुक्त ठहर गरेपछि मात्र खेतीका लागि राम्रो मानिन्छ तर नेपालमा केहीबाहेक अधिकांश फलफूल पहिले कृषकले उत्पादन सुरु गर्छन् अनि मात्र सरकारी निकायले अनुसन्धान सुरु गर्ने गरेको पाइएको छ ।
पूर्वी पहाडमा अमिलो जातको फलफूलको खेती सुरु भएको दशकौँ बितेको छ । सरकारी अनुसन्धान र सिफारिसबिना नै स्थानीय जातका कागती, जुनार र सुन्तलाको खेती हुँदै आएको थियो ।
उत्पादनको लामो समय बितेपछि गत वर्ष मात्र धनकुटास्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेले दुई सुन्तला र दुई कागती उन्मोचन गर्न सफल भयो । अमिलो जातका अन्य धेरै आगन्तुक जात अनुसन्धानकै क्रममा छन्, जुन कृषकका बारीमा भने फल्न थालिसकेका छन् ।
इलाम हुँदै नेपाल भित्रिएको आगन्तुक फल किवीको व्यावसायिक उत्पादन सुरु भएको पनि करिब एक दशक बितेको छ । कृषकले आफ्नै मेहनतले किवी लटरम्म फलाउँदासमेत सरकारी निकायबाट कुनै पनि जात सिफारिस हुनसकेको छैन । यो समाचार गोरखापत्र दैनिकम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण