युद्धको एक वर्ष पूरा भएको अवसरमा पुटिनले के भने ?
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धको वर्ष दिन पूरा भएके अवसरमा आफ्ना देशवासीलाई सम्बोधन गरिरहेका छन् ।
मस्कोको गोस्टिनी डावर हलमा भइरहेको उनको सम्बोधन सुन्नका लागि थुप्रै मन्त्री र अधिकारी उपस्थित छन् । यो अवसरमा रुसी संसदका थुप्रै सदस्य उपस्थित छन् ।
भ्लादिमिर पुटिनले आफ्नो सम्बोधन सुरु गर्ने बित्तिकै मानिसहरू उनको सम्मानमा उभिए ।
पुटिनले के भने ?
– यो समय हाम्रो देशका लागि जटिल र चुनौतीपूर्ण छ र यस बीचमा यो संसार द्रुत रूपमा परिवर्तन हुँदै छ ।
– ऐतिहासिक घटनाहरूले हाम्रो देशको भविष्य निर्धारण गर्नेछ र हामी सबै ठुलो जिम्मेवारीमा बाँधिएका छौँ ।
– युक्रेनमा रुसको आक्रमण ‘विशेष अभियान’ हो । रुस निरन्तर नाजी खतरासँग जुधिरहेको थियो ।
– युक्रेन सरकारले पनि रुसप्रति घृणा र खतरालाई निरन्तर बढाइरहेको थियो ।
– युक्रेन रुस आएर सहयोग गरोस् भनेर पर्खिरहेको थियो ।
– रुसको डोनबास क्षेत्रमा चलिरहेको संघर्षको शान्तिपूर्ण हल निकाल्ने कोसिस गर्यो ।
– पश्चिमी देशहरूको शान्ति पुनर्स्थापनाको प्रतिबद्धता ‘धोका’ र ‘ठूलो झूट’बाहेक केही होइन ।
– युक्रेनले जैविक र आणविक हतियार सङ्कलन गर्ने प्रयास गरिरहेको थियो । हामी यस समस्याको शान्तिपूर्ण समाधान खोज्न सक्दो प्रयास गरिरहेका छौँ ।
– हामी यो कठिन द्वन्द्व अन्त्य गर्न शान्तिपूर्ण बाटो खोजिरहेका छौं, तर हाम्रो पछाडि एकदमै फरक वातावरण सिर्जना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण