अपडेट : त्रिचन्द्र क्याम्पसमा लगाइएको ताला खुलाइयो

काठमाडौं । राजधानीको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा गरिएको तालाबन्दी खुलाइएको छ । क्याम्पस प्रशासनसहित विद्यार्थी संगठनबीच भएको छलफलका क्रममा स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ भर्ना भएका विद्यार्थीहरुकलाई मात्रै मान्यता दिने निर्णय भएसँगै तालाबन्दी खुला गरिएको हो ।
यसअघि स्ववियु निर्वाचनको मुखमा नेविसंघले विद्यार्थी भर्नामा अनियमितता गरेको दाबी गर्दै त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायतले तालाबन्दी गरेका थिए ।
अनेरास्ववियु त्रिचन्द क्याम्पस इकाइ सचिव राजेन्द्र रावतले नेविसंघले फर्जी विद्यार्थी भर्ना गर्न खोजेपछि ताला लगाइएको बताए ।उनले भने, ‘फागुन ४ गतेसम्म मात्र विद्यार्थी भर्ना गर्न पाउने त्रिविको निर्देशन थियो । तर नेविसंघले खेताला विद्यार्थी भर्ना गर्न खोजेपछि ताला लगाइएको हो । आज सहमतिसँगै हामीले ताला खोलिसकेका छौं ।’
यसअघि प्रकाशित समाचार अध्यावधिकसहित प्रकाशित गरिएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म