केपी ओली कप : पुलिसलाई हराउँदै सात दोबाटो सेमिफाइनलमा

काठमाडौँ । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको चुनौती पन्छ्याउँदै सातदोबाटो युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार सम्पन्न उद्घाटन खेलमा सातदोबाटो युथ क्लबले पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सातदोबाटोलाई जित दिलाउन दुवै गोल दीपकराज सिंह ठकुरीले गरे भने पुलिसका प्रवीण थापाले एक गोल फर्काएका थिए ।
शहीद स्मारक ए डिभिजन लिगको तयारीको रूपमा हेरिएको प्रतियोगिताको पहिलो खेलमा सातदोबाटोले सुखद् शुरुवात गरेको हो । सो क्रममा दीपकले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो । प्रतिष्पर्धात्मक बनेको खेलमा दीपकको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफको चौथो मिनेटमा नै पुलिसले पुनरागमन ग¥यो । ४९ औँ मिनेटमा प्रविनले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । बराबरी भएपनि दबाब दिएर खेलेको सातदोबाटोले ७१ औँ मिनेटमा दीपककै गोलबाट अग्रता दोब्बर बनायो । बाँकी समयमा थप गोल हुन सकेन र सातदोबाटोले अन्तिम चारमा स्थान पक्का ग¥यो ।
प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजनको विजेता मछिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ र जावलाखेल युथ क्लब र आयोजक टोली केपी ओली एफसीले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित
-
आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?
-
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
-
खाली नालीमा फोहोर थुप्रिदा अत्तरियामा डुबानको समस्या
-
सङ्घीयताप्रतिको बुझाइ नै बेठिक भयो : जनार्दन शर्मा
-
खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै