दोस्रो चरणको अभियानमा भाग लिन माओवादी शीर्ष नेताहरू भोलि डडेलधुरा जाँदै
काठमाडौँ । मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियानमा भाग लिन नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू भोलि (बिहीबार) डडेलधुरा जाने भएका छन् ।
जेठ २ गतेदेखि सुरु हुने जनतासँग माओवादी जागरण अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ लगायत नेताहरू आउन लागेको सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए ।
अभियानमा सहभागी हुन पूर्व उपराष्ट्रपति तथा उपाध्यक्ष नन्दकिशोर पुन पासाङ आज बेलुका डडेलधुरा आउन लागेको पोखरेलले बताए । उनका अनुसार शीर्ष नेताहरू डडेलधुरा बस्ने कार्यक्रम छ । शुक्रबार बिहान बैतडीको पाटनबाट अभियान सुरु गर्ने कार्यतालिका रहेको छ ।
‘अभियानमा सहभागी हुन शीर्ष नेताहरू भोलि डडेलधुरामै बस्नुहुन्छ । २ गते मध्य पहाडी राजमार्गमा पर्ने १० वटा स्मार्ट सिटीमध्ये बैतडीको पाटनबाट अभियानको उद्घाटन गर्ने कार्यक्रम छ’, उनले भने ।
वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ देखि १० गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान १० गते पोखरामा आएर समापन हुनेछ । त्यसपछि सरकारले संसदमा पेस गर्ने बजेटमाथि छलफलमा सहभागी हुने कार्य तालिका छ । बाँकी कार्य तालिका पछि तय हुने पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण