यी व्यक्तिले बनाए ७ सय वर्ष पुरानो गुफालाई घर, फोटो हेर्दा विश्वास गर्न मुश्किल
बेलायतको वारसेस्टरशायरमा एन्जेलो मास्ट्रोपिएट्रोले ७ सय वर्ष पुरानो गुफालाई एक शानदार घरजस्तो बनाएका छन् । ‘द रक हाउस रिट्रिट’ नाम दिइएको उक्त घर बाहिरबाट हेर्दा एक सामान्य गुफाजस्तो देखिएपनि उक्त घरभित्र हरेक ती सुविधा उपलब्ध छन् जो एक आलिशान घरमा हुन्छ । गुफालाई घर बनाउनका लागि एन्जेलोले २ लाख ३० हजार डलर (२ करोड ३८ लाख रुपैयाँ) खर्च गरेका छन् ।
थाहा पाउनुहोस् घरभित्र के के छन् ?
उक्त गुफा सन् १९६२ पश्चात् खण्डहरमा परिवर्तन भएको थियो तर सन् २०१५ मा एन्जेलोले उक्त गुफालाई बस्न लायक बनाए । अब उक्त घरभित्र एक शानदार बेडरुम, एक उत्कृष्ट किचनका साथै म्युजिक सिस्टम, वाइफाई, डाइनिङ टेबल, कफी बनाउने मेसिन पनि रहेका छन् । स्मरण रहोस्, उक्त गुफाको एरिया लगभग ७ सय स्क्वायर फिट छ ।
नजिकै छ सफारी पार्क र हिस्टोरिकल प्यालेसः
एन्जेलाको यो घरभित्र शावरका साथै ड्रेसिङ रुम पनि छ । यस्तै, उक्त गुफा नजिकै रेन फरेष्ट पनि छ । एन्जेलोका अनुसार जो मानिस प्रकृतिका नजिक छन् उनीहरुका लागि एक उत्कृष्ट स्थान हुनेछ । त्यहाँबाट करिब ४० मिटर टाढा वाकिङ ट्रेल र मिडल्याण्ड सफारी पार्क पनि छन् जहाँ जंगली जीवजन्तुलाई निकै नजिकबाट देख्न सकिन्छ ।







Source: Modern Caveman: Man Builds A $230,000 House In 700-Year-Old Cave by BarcroftTV on Rumble
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण