अभिनेता नवाजुद्दीन सिद्दिकीविरुद्धको दाइजो उत्पीडनको मुद्दा अदालतद्वारा खारेज
मुम्बईको एक अदालतले बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीविरुद्ध दायर दुई याचिका खारेज गरेको छ । यस मामिलामा, नवाजुद्दीन सिद्दिकीकी ‘पूर्व पत्नी’ र याचिकाकर्ता जैनबले अदालतसँग उनको विरुद्ध दाइजो उत्पीडनको आरोपमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिन माग गरेकी थिइन् ।
समाचार एजेन्सी पिटिआईको रिपोर्ट अनुसार नवाजुद्दीन सिद्दीकीका वकिलले जैनबले आफू नवाजकी श्रीमती भएको भन्नु नै गलत भएको बताएका छन् । वकिलका अनुसार जैनबले नवाजुद्दीनविरुद्ध थुप्रै उजुरी दर्ता गरेकी छिन् ।
नवाजुद्दीन सिद्दिकीका वकिल अदनान शेख र दृष्टि खुरानाले भने, ‘दुवैको सम्बन्ध विच्छेदका कागजातहरू अदालतमा पेस गरेपछि मजिस्ट्रेट अदालतमा दायर गरिएका दुई मुद्दा खारेज गरिएको थियो ।’
वकिलका अनुसार नवाजविरुद्ध यो केस विवाहको दस्ताबेजको आधारमा दायर गरिएको थियो जबकि सम्बन्ध विच्छेदका वैध दस्ताबेजबारे अदालतसँग जानकारी लुकाइएको थियो ।
मजिस्ट्रेट अदालतमा दायर गरिएको निवेदनमा जैनबले नवाज विरुद्ध दाइजो उत्पीडनको मुद्दा दर्ता गर्न वर्सोवा पुलिस स्टेसनलाई निर्देशन दिन माग गरिन् ।
गत महिना, वर्सोवा पुलिस स्टेसनले जैनबविरुद्ध ट्रेसपास र नवाजकी आमा मेहरुनिसा सिद्दिकीलाई चोट पुर्याएको मुद्दा दायर गरेको थियो ।
नवाजकी जैनब उनको घरभित्र जबरजस्ती छिरेको र बहसपछि उनीमाथि हमला गरेको आरोप लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण