आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा राप्रपाका ३ मन्त्रीले बुझाए मुख्यमन्त्रीलाई राजीनामा

शनिबार, १३ फागुन २०७९, २१ : ४२
शनिबार, १३ फागुन २०७९

मकवानपुर । बागमती प्रदेशान राप्रपाका ३ मन्त्रीले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलगत्तै राप्रपाका ३ मन्त्रीले मुख्यमन्त्रीको सरकारी निवास हेटौंडा २ मा पुगेर मुख्यमन्त्री शालिकाराम जम्कट्टेललाई राजीनामा बुझाएका हुन् ।

प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जा मन्त्री एवम् राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा वन तथा वातावरण मन्त्री राजु विष्ट र पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर बहादुर तामाङले संयुक्त रुपमा मुख्यमन्त्री जकट्टेललाई राजीनामा बुझाएका हुन् ।

राष्ट्रपतिको निर्वाचनका लागि केन्द्रीय तहमा सत्ता समीकरण फेरिएसँगै उनीहरुले पदबाट राजीनामा दिएका हुन्् । केन्द्र र प्रदेश सरकारबाट पनि राप्रपा बाहिरिने पार्टीको निर्णयअनुसार राजिनामा दिएको नेता थापाले जानकारी दिए । 

गत माघ २६ गते प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका थापा ४७ दिन मन्त्रीको जिम्मेवारीमा रहे भने तामाङ र राजु विष्ट ३२ दिन मात्र जिम्मेवारी सम्हाद्यने अवसर पाए । तामाङ र विष्ट गत माघ ११ गते मन्त्री नियसुक्त भएका थिए ।

केन्द्रीय तहमा बनेको नयाँ सत्ता समिकरण र बदलिँदो राजनीतिक गतिविधिका कारण आफूहरु सरकारमा बस्न नसक्ने भएकाले राजिनमा दिएको नेता थापाले बताए । सत्ता साझेदार दलहरु बीच विचार र सिद्धान्त नै फरक भएकाले आफूहरु मन्त्री भएर बस्नु ओचित्य नरहेको उनले बताए ।

देश र जनतामा राप्रपाले बोकेको एजेण्डाहरु स्थापित गर्न मन्त्री हुन नपर्ने भन्दै फरक शैलिको राजनीतिक यात्रामा राप्रपा अघि बढेको उनको भनाइ छ । सरकारलाई आवश्यक परेको अवस्थामा सत्ता बाहिरबाट पनि सहयोग गर्न राप्रपा सकारात्मक रहेको उनको भनाइ छ । प्रदेशसभा बैठकहरुमा आफूहरुले सरकारलाई रचनात्मक रुपमा खबरदारी गर्ने उनले बताए ।

राजिनामा पत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले सरकर गठनमा दिएको समर्थनका लागि राप्रपालाई धन्यवाद व्यक्त गरे । उनले सरकारलाई राप्रपाले सहयोग गरेको र आगामी दिनमा पनि सहकार्यको लागि तत्पर रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप