दर्ता नभएको भन्दै बाल विकासका विभिन्न समितिलाई कारबाही गर्न निर्देशन
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालविकास शिक्षकका समितिलाई कारबाही गर्न निर्देशन दिएको छ । देशभरका ७७ वैट जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै कारवाही गर्न निर्देशन दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार केन्द्रले इकाइहरूलाई कारवाहीका लागि पत्राचार गरेको हो । नेपाल सरकारको संस्था दर्ता सम्बन्धी नियमको पालना नगरी आफ्ना गतिविधि अघि बढाएको भन्दै कारवाही गर्न भनेको हो ।
बाल शिक्षक संस्थाका नामबाट देशका विभिन्न कार्यक्रम गर्ने र त्यसका लागि प्रति व्यक्ति रकम असुल्ने गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति र बालविकास शिशु कार्यकर्ता संघर्ष समितिले विविध कार्यक्रमहरू गर्ने भनेर प्रतिव्यक्ति ५०० देखि एक हजारसम्म लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
उक्त संस्था दर्ता नगरेको देखिएको भन्दै उक्त संस्था र व्यक्तिमाथि छानविन गरी कारवाही गर्न अख्तियारले शिक्षासचिवको नाममा पत्र काटेको थियो । शिक्षा मन्त्रालयका सचिवका नाममा लगत कट्टा गर्ने भनी आयोगको १९ माघमा निर्णय भएको थियो । सोही आधारमा शिक्षा मन्त्रालयले केन्द्रलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण