गणतन्त्रका संवाहक शक्ति नसच्चिए दुर्घटना : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुला भनिने नेताहरूले गरिरहेको राष्ट्र दोहन र नीतिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तीव्र रोष प्रकट गरेका छन् । ‘पूर्व राष्ट्र प्रमुख र पूर्व प्रधानमन्त्रीहरू नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो’ थापाले भने ।
आज काठमाडौँमा पार्टी आबद्ध जन वर्गीय सङ्गठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजी गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे । थापाले मुलुकको अवस्था अत्यन्तै नाजुक भएका कारण देशको अवस्थाले गर्दा व्यवस्था परिवर्तन हुन सक्ने भन्दै गणतन्त्रका संवाहक हौ भन्नेहरू नसच्चिए दुर्घटना अवश्यम्भावी भएको दाबी गरे ।
गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन् , ठुला नेताहरू ब्रम्हलुटमा लिप्त छन् । थापाले थपे, ‘यो दुर्घटनाको सङ्केत हो।’ भ्रष्टाचार ,बेरोजगारी कुशासन र धर्म परिवर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको बताए । भ्रष्टाचार र सङ्घीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका प्रभावहीन बन्दै जानू व्यवस्था नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे । उनले नेता, कार्यकर्ताहरूलाई अब सडक सङ्घर्षको लागि तयारीमा लाग्न निर्देशन दिए ।
कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनवर्गीय सङ्गठनका अध्यक्षहरूले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण