एसईईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना गर्नुपर्ने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ मा भर्ना खोल्न अनुरोध गरेको छ ।
विगतका वर्षहरूमा एसईईको नतिजा प्रकाशन हुनु अगावै कक्षा ११ मा भर्ना खोल्ने गरेका थिए । केन्द्रले आगामी शैक्षिक सत्रमा भने एसईईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना प्रक्रिया अगाडि बढाउन भनेको हो ।
कतिपय विद्यालयहरूले वैशाख÷जेठदेखि नै कक्षा ११ मा भर्ना खोल्दै आएका छन् । विद्यार्थीहरूलाई विभिन्न अफर अघि सारेर आफ्नो विद्यालयमा भर्ना गराउन उनीहरू सक्रिय देखिएका छन् ।
यो वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि सञ्चालन हुँदैछ । चैत २९ गते परीक्षा सकिनेछ । विभिन्न विद्यालयहरूले भने परीक्षा सकिएसँगै कक्षा ११ मा भर्ना आह्वान गर्न अघि सर्छन् । केन्द्रले त्यसलाई रोक्नको लागि एसईईको नतिजा आएपछि मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन भनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण