सार्वजनिक खरिद ऐन संशोधन गर्न माग
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सार्वजनिक खरिद ऐन संशोधन गर्न माग गरेका छन् ।महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले खरिद ऐन संशोधनको समयमा निर्माण व्यवसायी लगायतका सरोकारवालासँग छलफल गरिने प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्रीसमक्ष महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगको पछिल्लो समस्या र समाधानको उपायका बारेमा अवगत गराएको थियो । महासंघ अध्यक्ष सिंहले निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गर्दै सरकारसँगको सहकार्यका लागि महासंघ सधैँ तयार रहेको प्रतिबद्धता जनाए ।
बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गरिएका कारण व्यवसायीहरूले ठुलो रकम भुक्तानी नपाउँदा निर्माण उद्योग असहज अवस्थामा रहेको अध्यक्ष सिंहले बताए । बिना बजेटका नयाँ योजना घोषणा गर्नुभन्दा चालु अवस्थामा रहेको आयोजना सम्पन्न गर्ने कामलाई राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष सिंहको भनाइ थियो । आयोजनाहरू समयमै सम्पन्न नहुनुमा धेरै पक्ष जिम्मेवार हुँदा हुँदै एकोहोरो निर्माण व्यवसायीलाई मात्र दोषी देखाइएकोप्रति अध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्री प्रचण्डले महासंघका सुझावहरूलाई आफूलाई महत्त्वका साथ लिने बताएका थिए ।
सोही अवसरमा अध्यक्ष सिंहले यही फागुन २८ गते राजधानीमा हुने महासंघको २४ औँ साधारण सभाको प्रमुख आतिथ्य ग्रहण गरिदिन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा पत्र हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण