नयाँ सिस्टम लागू भएपछि वैदेशिक लगानीमा सहज
काठमाडौं । उद्योग विभागले प्रत्यक्ष वैदेशिक लगानी भिœयाउने लगानीकर्ताका लागि अनलाइनबाटै आवेदन दिने ‘सिस्टम’ सुरु गरेपछि सेवाग्राही लाभान्वित हुन थालेका छन्। गत साउन १ गतेदेखि सुरु गरिएको ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ लागू भएपछि तीन दिनभित्रै विदेशी लगानी स्वीकृत हुन थालेको छ।
भिसा सिफारिसको काम पनि एकैदिनमा हुने गरेको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले जनाएको छ। अध्यागमन, कम्पनी रजिस्ट्रर्ड कार्यालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान), आन्तरिक राजस्व विभाग र भन्सार विभागसँग समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गरेर तथ्यांक प्रविष्ट (डाटा इन्ट्रिगेसन)को काम सुरु भएको छ। यो सिस्टम लागू भएपछि यसअघि दुई ठाउँमा बायोमेट्रिक दिएर इन्ट्री गर्नुपर्ने झमेलाबाट मुक्ति मिलेको छ। भिसा आवेदन पनि एक पटक दिए पुग्छ।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी अनलाइन सिस्टम सुरुवाती चरणमा काम गर्न गाह्रो भए लगानीकर्तालाई छिटोछरितो र तथ्यांकमा शुद्धता भएको बताउँछन्। ‘तुरुन्तै नतिजा नदेखिए पनि सबै रेकर्ड सिस्टममा हुन्छ। अब एक क्लिकमै काम सकिन्छ,’ उनले भने, ‘यसअघि आवश्यक फाइल सबै नभेटिने अवस्था थियो। कसले भिसा लग्यो भनेर फाइल खोज्नुपथ्र्यो। अब हरेक महिना कसले के ग¥यो भनेर अनलाइन सिस्टममै हेर्न सकिन्छ।’ कुनै विदेशी लगानीकर्ता भिसा लिन आयो भने सिस्टममा नम्बर राख्ने बित्तिकै पाइने उनले जानकारी दिए।
एकपटक निवेदन गरिसकेपछि अध्यागमनको प्रणालीमा पनि यतैबाट तथ्यांक पठाउने भएकाले ग्राहकले सीधै भिसा आवेदन दिन सक्छन्। निर्यात इन्टेन्सिभका लागि विभागले सिफारिस गरेपछि फेरि भन्सारमा गएर निवेदन दिनु पर्दैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण