‘नाईं नभन्नू ल ६’ को टिजरमा के छ ?
काठमाडौंँ । नयाँ वर्ष अर्थात् अगामी १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘नाईं नभन्नू ल ६’ ले टिजर सार्वजनिक गरेको छ । १ मिनेट २५ सेकेन्डको टिजरमा प्रेम प्राप्तिका लागि हुने लडाइँ समेटिएको छ । टिजरमा आशिर्वाद बी क्षेत्रीलाई दुई फरक अवस्थामा चित्रण गरिएको छ । एउटा पाटोमा उनी रोमान्टिक अवतारमा देखिएका छन् भने अर्को पाटोमा एक्सनमा देखिएका छन् । अभिनेत्री आँचल शर्माको प्रेम पाउन उनले गरेको संघर्षपूर्ण लडाइँलाई टिजरमा प्राथमिकता दिइएको छ । टिजरमा प्रियंका कार्की, केकी अधिकारी, बालकलाकार अर्थव उप्रेती पनि छन् ।
विकासराज आचार्यद्वारा निर्देशित फिल्ममा निर्देशक आचार्य, सामिप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन छ । सरोज खनालको पनि फिल्ममा अभिनय छ । आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेका छन् ।
फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण