बोर्नेमाउथविरुद्ध आर्सनलको उत्कृष्ट पुनरागमन
लण्डन । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथविरुद्ध शानदार पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा आर्सनल ३–२ गोलले विजयी बनेको हो । खेलमा ९.११ सेकेण्डमा नै आर्सनल एक गोलले पछि परेको छ । फिलिप बिलिङले बोर्नेमाउथलाई अप्रत्यासित अग्रता दिलाएका थिए । प्रिमियर लिगको इतिहासमा यो दोस्रो चाँडो गोल थियो । यसअघि सेन लङले सन् २०१९ मा साउथह्याम्पटनका लागि वार्टफोर्डविरुद्ध ७.६९ सेकेण्डमा गोल गर्न सफल भएका थिए । ५७ औँ मिनेटमा मार्को सेनेसीले टोलीको अग्रता दोब्बर बनाए ।
तर ६२ औँ मिनेटमा थोमास पार्टलेले एक गोल फर्काएपछि आर्सनल खेलमा फर्कियो । लगत्तै बेन वाइटले बराबरी गोल गरे । इन्जुरी समयमा रेइस नेल्सनले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए । जीतसँगै आर्सनलले शीर्ष स्थानमा पुनः ५ अंकको अग्रता कायम गरेको छ । सिटीले शनिबार नै न्युक्यासललाई हराउँदै आर्सनलमाथि दबाब बढाएको थियो । बोर्नेमाउथ भने २१ अंकसहित लिगको पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण