श्रीमतीसँगको विवादमा नवाजुद्दीन सिद्दिकीले मौनता तोडे, भने– म चुप थिएँ किनभने...
मुम्बई । चलचित्र अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नी श्रीमतीसँगको विवादमा मौनता तोडेका छन् । नवाजुद्दिनले ट्विट गर्दै भनेका छन्, ‘मेरो मौनताका कारण मलाई जताततै नराम्रो व्यक्ति भनिएको छ। म चुप थिए किनभने मेरा साना बच्चाहरूले यो पूरै प्रहसनको बारेमा कतै पढ्नेछन्।’
उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल, मञ्च, प्रेस र केही व्यक्तिले एकतर्फी र विकृत भिडियोका आधारमा मेरो चरित्र हत्याको मजा लिइरहेका छन् ।’ यस विवादमा नवाजुद्दीन सिद्दिकीले आफ्नो पक्ष राखेका छन् । उनले लेखेका छन्, ‘सबैभन्दा पहिले म यो बताउन चाहन्छु कि आलिया र म विगत धेरै वर्षदेखि अलग बस्दै आएका छौँ। हामीले एकअर्कासँग सम्बन्धविच्छेद गरेका छौँ तर सन्तानको लागि मात्रै हामीबीच समझदारी भएको छ।’
उनले लेखेका छन्, ‘के कसैलाई थाहा छ किन मेरा छोराछोरी भारतमा छन् र विगत ४५ दिनदेखि विद्यालय गएका छैनन्। जबकि विद्यालयले मलाई हरेक दिन विगत ४५ दिनदेखि विद्यालय नआएको चिठी पठाइरहेको छ। मेरा छोराछोरीहरू विगत ४५ दिनदेखि बन्धकमा छन् र दुबईमा आफ्नो स्कुल जान पाएका छैनन्। जबकि आलियालाई विगत दुई वर्षदेखि हरेक महिना १० लाख रुपैयाँ दिइँदै छ।’
आलियाले नवाजुद्दीनले आफू र छोराछोरीलाई छोडेको आरोप लगाएकी थिइन् । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा आलियाले नवाजुद्दीनले आफूलाई घरभित्र पस्न नदिने गरेको देखाइएको छ । जसमा उनकी छोरी पनि रोएको देखाइएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण