नवनिर्वाचित राष्ट्रपति पौडेल सुन्दरीजलस्थित विपी सङ्ग्रहालयमा (तस्बिरहरु)
शुक्रबार, २६ फागुन २०७९, १२ : ०४
_Sr628X0paH.jpg)
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सुन्दरीजलस्थित विपी सङ्ग्रहालय पुगेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले सङ्ग्रहालय पुगेर प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् ।
त्यसलगत्तै उनले सङ्ग्रहालय परिसरमा बृक्षारोपण गरी सङ्ग्रहालयको अवलोकन गरेका थिए । राष्ट्रपति पौडेलले आजै स्वयम्भूनाथ जाने कार्यक्रम रहेको छ ।
पूर्वसभामुख रहेका उनी आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले फागुन २९ गते पद तथा गोपनीयता शपथ लिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेमा युवाको अवस्था र अबको भूमिका
-
टीभीएसको च्याम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिन मात्र बाँकी
-
उद्योग मन्त्रालयको बजेटमा वर्षेनी कैँची
-
पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन
-
पाँचौँ उपाधि चुमेपछि धोनीको ‘मुड’ बदलियो, तत्काल सन्यास नलिने
-
पीएलएफआईका नेतालाई नेपालले भारत सुपुर्दगी गरेको आरोप