सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनको माग गर्दै नेविसंघ अनसनमा

शुक्रबार, २६ फागुन २०७९, १६ : ०८
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ  । आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघले रिले अनसन सुरु गरेको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारी हिजो फागुन २६ गते निर्वाचन समितिको कार्यलयमा तालाबन्दी लगाएर स्थगित भएको स्ववियु चुनावको कार्यक्रम पुनः सुचारु गर्न दबाब दिन नेविसंघले अनसन सुरु गरेको हो । 

अन्तिम परीक्षा दिइसकेका बिएएमएस इन्टर्न प्रशिक्षार्थीले पनि निर्वाचनमा भाग लिन पाउनुपर्छ भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले हिजो तालाबन्दी गरेका थिए। यद्यपि त्रिविले यसपटकको स्ववियु निर्वाचनमा अन्तिम परीक्षामा सामेल भएका विद्यार्थी स्ववियु निर्वाचनमा सामेल हुन नपाउने नयाँ व्यवस्था राखी निर्देशिका जारी गरेको छ । इन्टरर्न प्रशिक्षार्थीले अन्तिम परीक्षा उत्तीर्ण गरिसकेको हुनाले महाराजगंज मेडिकल क्याम्पसमा पनि एमबिबिएसका इन्टर्न प्रशिक्षार्थीले यसपटकको स्ववियुमा मतदान गर्न पाउने छैनन् । 

स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सुनिश्चिताको लागि दबाबमुलक कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसोबाट विद्यार्थीहरु इन्द्रमणि बस्याल र आशिष अर्यालले अनसन सुरु गरेका हुन् ।  ‘इन्टर्नलाई पनि समावेश गरे निर्वाचन जितिन्छ भन्ने झिनो आशले अनेरास्ववियु र अखिल क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेका हुन्,’ अनसनरत विद्यार्थी आशिष अर्याल भन्छन्, ‘२०७३ को स्ववियु निर्वाचनमा यस्तो व्यवस्था थिएन। तर नँया निर्देशिका र आचारसंहिता नै पालना गर्देनौ भन्दै केहि संगठनले तालाबन्दी गरेका छन्।’ त्रिविद्वारा जारि निर्देशिका अनुसार निर्वाचनको समयमा क्याम्पसमा बन्द–हड्ताल गर्न नपाइने नियम छ ।

२०७३ को स्ववियुमा नेविसंघ त्यस क्याम्पसमा पुरै प्यानल सहित विजयी भएको थियो। यसपटकको स्ववियु निर्वाचनमा सत्ताधारीले गठबन्धनबीच तालमेल भएता पनि आयुर्वेद क्याम्पसमा भागबण्डा छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप