बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अन्जु पन्तको ‘भीर माहुरी’ मा रोशन र प्रियंकाको रोमान्स

शुक्रबार, २६ फागुन २०७९, १६ : १२
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । गायिका अन्जु पन्तको नयाँ गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ । मोहन थापाको शब्द र आरसी रिमालको संगीत रहेको गीतमा गायिका पन्तलाई स्वरमा आरसीले साथ दिएका छन् ।

डान्सिङ शैलीमा तयार गीतको भिडियोमा मोडल रोशन केसी र अभिनेत्री प्रियंका कार्कीको अभिनय छ । भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन भिडियो छ ।

भिडियोमा रोशन र प्रियंका प्रेमील जोडीको रुपमा भिडियोमा प्रस्तुत भएका छन् । उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन रहेको भिडियो नेपमेलो युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । 

Start at 0:01

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप