फेरि आज बुवालाई सम्झिएँ
मेरो बुवाले थकाइ लाग्यो भनेको
कहिल्यै सुनेको छैन,
मलाई दसैँमा नयाँ लुगा किन्दा
आफूलाई किनेको
कहिल्यै देखेको छैन,
मेरो स्कुल फी तिर्न साहुकहाँ गुहार्दा
उहाँले जति वचन र कष्ट
मैले भोगेको छैन ।
सधैँ ढुङ्गामा बजारिरहने हात देखे
तर देखेजस्तो मात्र गरे,
दस ठाउँमा टालो हालेको भोटो हेरे
तर हेरेजस्तो मात्र गरे,
भारीको दाम्लोले
उखेली सकेका कपाल छोएँ
तर छोएँ जस्तो मात्र गरे ।
समय सँगै,
मेरो पनि अलि अलि पङ्ख पलाएछ
पैसा हुँदा साथीभाइ सम्झिएँ
वैश हुँदा प्रेमिका सम्झिएँ
घरमा छँदा छिमेक सम्झिएँ
देश विदेश सम्झिएँ
तर,
जब गोजीको बचत सकियो
बुवालाई सम्झिएँ ।
बर्खामा चुहिने घरको लागि
हिउँदमै खर काटेर राखेको आज सम्झिएँ,
अर्को वर्षको स्कुल फी को लागि
आजै भौँतारिएको सम्झिएँ
रामेको बुवाले भटभटे किन्दा
मलाई काठको घोडा
बनाएको आज सम्झिएँ,
जीवनभर बजारिएका ती हात बिर्सिरहे
हातमा के भएको भनी सोध्दा
तिमीले खान नमिल्ने
ऐँसेलु फलेको भनेको आज सम्झिएँ,
आज जब खाडीमा मेरा हातमा ठेला परे
फेरि आज बुवालाई सम्झिएँ ।
बुवालाई सम्झिएँ ।।
काँडापारि, दार्चुला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण