स्ववियुको विषयलाई लिएर आरआर क्याम्पसमा विद्यार्थीमाथि खुकुरी प्रहार
शनिबार, २७ फागुन २०७९, १७ : ५९
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा खुकुरी प्रहार भएको छ । उम्मेदवारी दर्ता गर्ने क्रममा विद्यार्थी समूहबीच विवाद बढेपछि शनिबार खुकुरी हानाहान भएको हो ।
विवाद बढेपछि नेकपा एकीकृत समाजवादी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका छन् ।
फर्जी विद्यार्थी खडा गरिएको भन्दै विवाद आरआरमा बढेको थियो । विवाद बढेपछि कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण