शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन

निर्वाचन आयोगले सोध्यो कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण

बुधबार, ०१ चैत २०७९, २० : १५
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उपराष्ट्रपति निर्वाचनको मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्ने भन्ने निर्णय गरेको सञ्चारमाध्यममा आएको आधारमा बुधबार स्पष्टीकरण सोधिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई बताए । 

‘स्पष्टीकरण सोधिएको छ । सञ्चारमाध्यममा जुन बाहिर आयो तर ४८ घण्टा अगाडि प्रचार प्रसार गर्ने, मत माग्नेलगायतका काम गर्न नहुने भन्ने छ । यसमा सञ्चारमाध्यममा कांग्रेसले प्रतिकुल हुने गरी निर्णय गरेको भन्ने आएपछि यसबारेमा के हो भनेर स्पष्टीकरण सोधिएको छ’, उनले भने।  

सञ्चारमाध्यममा आएजस्तै भएको हो भने २४ घण्टाभित्र निर्णय कपीसहित जवाफ पठाउन भनिएको उनले बताए । 

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप