सभामुख घिमिरेले क्षमायाचना गर्नुपर्ने माग
काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘पत्रकारहरु बिक्रीमा रहेको‘ भनी दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न अनलाइन पत्रकार संघले माग गरेको छ । राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक रुपमै यस्ता प्रेस विरोधी अभिव्यक्ति दिनु शोभनीय नरहेको र अनलाइन मिडियाको स्वच्छतामाथी समेत प्रहार भएको संघको ठहर छ ।
सचिव गोविन्द मरासिनीले विज्ञप्ति जारी गर्दै यस्ता अभिव्यक्तिले प्रेस कानुन र अझ अनलाइन पत्रकारिता सम्बन्धी कानुन निर्माण गर्दा स्वेच्छाचारी ढंगले हुने त होइन भन्ने प्रश्न समेत खडा भएको आशंका व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता र विश्वसनीयता विरुद्ध दिएको अभिव्यक्तिप्रति सभामुखले क्षमायाचना गर्दै संसदबाट प्रेसमैत्री कानुन निर्माणमा सहजीकरण गर्नका लागि संघ जोडदार माग गर्दछ । अन्यथा, संघ जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुनेछ । तसर्थ, आगामी दिनमा राज्यले नै चौथो अंग पत्रकारितामाथि सार्वजनिक अभिव्यक्ति दिँदा समग्र पत्रकारिताको स्वच्छतामाथि ख्याल गर्न सम्बन्धित सबैप्रति अनुरोध समेत गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण