छ गोलको थ्रिलरमा बराबरीमा रोकियो स्पर्स
लण्डन । छ गोलको थ्रिलरमा प्रिमियर लिगको पुछारमा रहेको साउथह्याम्पटनले पुनरागमन गर्दै टोटनहम हटस्पर्सलाई बराबरीमा रोक्न सफल भएको छ । जेम्स वार्ड प्राउसले खेलको इन्जुरी समयमा गोल गर्दै सेन्ट्सलाई अंक दिलाएका हुन् ।
पेड्रो पोरोले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै चे एडम्सले खेल बराबरी गरे । ६५ औँ मिनेटमा ह्यारी केनले स्पर्सलाई पुनः अग्रता दिलाए भने इभान पेरिसिचले ७४ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
यद्यपि, ३ मिनेटपछि नै थियो वाल्कोटले सेन्ट्सका लागि एक गोल फर्काए । स्पर्स जीततर्फ अघि बढिरहँदा खेलको इन्जुरी समयमा सेन्ट्सले पेनाल्टी पायो जसलाई प्राउसले सजिलै गोलमा परिणत गरे ।
खेल ३–३ को बराबरीमा सकियो । बराबरीपछि टोटनहम २८ खेलबाट ४९ अंक बटुल्दै लिगको चौथो स्थानमा कायम छ । साउथह्याम्पटन भने २३ अंकसहित लिगको अन्तिम स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण